FAQs Complain Problems

News

सुची दर्ता गराउन आउने सम्वन्धी सूचना !!!

सुची दर्ता गराउन आउने सम्वन्धी सूचना !

प्रथम पटक प्रकाशित मिति : २०७४/०४/०१

यस कार्यालयको लागि आ.व. २०७४/०७५ मा दैनिक कार्य सञ्चालनार्थ आवश्यक पर्ने मालसामान तथा सेवा आपुर्तिको लागि स्थानीय निकाय आर्थिक प्रशासन नियमावली २०६४, परिच्छेद ५, नियम ७० र सार्वजनिक खरिद ऐन २०६३, र सार्वजनिक खरिद नियमावली २०६४ को नियम १८ को प्रयोजनको लागि मौजुदा सुचीमा दर्ता हुन इच्छुक फर्म, कम्पनी एवं संस्था वा ब्यक्तिहरुले आफ्नो फर्मको नवीकरण गरिएको इजाजत पत्र, स्थायी लेखा नम्वर, मूल्य अभिवृद्धि करमा दर्ता भएको प्रमाणपत्र र आ.व. २०७२/०७३ को आयकर चुक्ताको प्रमाणपत्र सहित सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस कार्यालयको जिन्सी इकाईमा रीतपुर्वकको सूची दर्ता तथा निवेदन पेश गर्नुहुन यो सुचना प्रकाशित गरिएको छ ।

तपशिल :

  • स्टेशनरी तथा मसलन्द सामानहरु तथा अन्य कार्यालय सम्वन्धी सामानहरु,
  • छपाई सम्वन्धी कार्यहरु, फोटोकपी र प्रिन्टिङ सम्वन्धी कार्यहरु,
  • कम्प्युटर, प्रिन्टर, यु.पि.एस., माउस, केवलहरु, किवोर्ड, फ्याक्स मेसिन, फोटोकपी पेपर, टोनर तथा कार्टेज नयाँ तथा रिफिल गर्ने लगायत आपुर्ति तथा मर्मत गर्ने कार्य,
  • विद्युत र प्लम्विङका पाटपुर्जा आपुर्ति तथा मर्मत कार्य,
  • सार्वजनिक निर्माण तथा मर्मत कार्य,
  • फर्निचर फर्निसिङ आपुर्ति तथा मर्मत गर्ने कार्य तथा फ्लोरिङका सामान आपुर्ति तथा सो सम्वन्धी कार्यहरु,
  • मोटरसाइकल/गाडी मर्मत तथा विभिन्न पाटपुर्जा फेर्न कार्य,
  • प्राविधिक तथा परामर्स सेवा (प्राविधिक, सरसफाई मर्मत खाजा तथा चमेना ड्रईङ डिजाइन नक्सा सम्वन्धी कार्यमा ब्यक्ति तथा फर्म,
  • ढुङ्गा, गिटी, माटो, वालुवा लगायत अन्य सामाग्री ढुवानी सम्वन्धी कार्य,
  • सौर्य उर्जा जडान तथा मर्मत कार्य,

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु :

  • फर्म दर्ता तथा नविकरण प्रमाणपत्रको प्रतिलिपी,
  • स्थायी लेखा नम्वर तथा मूल्य अभिवृद्धिकरमा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी,
  • आ.व. २०७२/०७३ को कर चुक्ता प्रमाणपत्रको प्रतिलिपी,

अन्य जानकारी :

  • उल्लेखित सामान, सेवा, मर्मत आदि प्रत्येक विषयगत छुट्टाछुट्टै दरखास्त दर्ता गराउनु पर्नेछ र खामको वाहिर कामको विवरण उल्लेख गरिएको हुनुपर्दछ ।
  • रित नपुगी र म्याद नाघी कार्यालयमा पर्न आएका दरखास्तहरुलाई मान्यता दिइने छैन ।
  • प्राप्त दरखास्त स्वीकृत गर्ने, नगर्ने अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
  • अन्य जानकारीका लागि यस कार्यालयको जिन्सी इकाईमा सम्पर्क गर्न सकिनेछ ।

...............

आशिष शाक्य

नि‍. कार्यकारी अधिकृत

 

 

 

 

 

Image: