FAQs Complain Problems

News

कुश्मा नगरपालिकाका वडामा Online घटना दर्ता कार्य संचालन

कुस्मा नगरपालिकाले नगरका सबै १४ वडामा अनलाइन व्यक्तिगत घटना दर्ता सुरु गरेको छ । पञ्जीकरणको ‘सामाजिक सुरक्षा र व्यक्तिगत घटना व्यवस्थापन सूचना प्रणाली’ को साइटमा रहेका सूचनाहरु हेर्न पाउँछन् । अब हरेक वडा बाटै व्यक्तिगत घटना दर्ता  गर्न सकिने  कुश्मा नगरपालिकाका आइटी अफिसर राजीब रिमालले बताए ।

स्थानीय निकायमा गर्नुपर्ने घटना दर्तालाई सरकारले अनलाइन प्रणालीमा लाने निर्णय गरेको थियो । अनलाइन पञ्जीकरणको शुभारम्भ कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशाीले वडा नम्बर ३ दुर्लुङबाट गरेका छन् । व्यक्तिगत घटना दर्ता अनलाइनबाटै गर्न सकिने प्रविधि कुस्मा नगरमा लागु भएको र हालसम्म कुश्मा नगरपालिका वडा नं ३, ९ र १२ मा बिस्तार भैसकेको रिमालले जानकारी गराउनुभयो 

 अनलाइनमा विवरण भरेपछि त्यहीँबाट टोकन लिन सकिन्छ । त्यो टोकन लिएर वडा कार्यालय पुगेपछि वडा कार्यालयले अनलाइनमा रहेको डाटाका आधारमा प्रमाणपत्र उपलब्ध गराउँछ । online मा विवरण भर्न यहाँ क्लिक गर्न सकिन्छ 

Image: