आर्थिक वर्ष २०७३/०७४ को वार्षिक नगर विकास योजना

सर्वप्रथम मुलुकमा लोकतन्त्र, राष्ट्रहित र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्दै नेपालभूमिको उन्नति र प्रगतिका खातिर जीवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धान्जलि अर्पण एवं उच्च सम्मान प्रकट गर्न चाहन्छु । शहिदहरुको सपना र मार्गदर्शन बमोजिम नेपाललाई उन्नतिको शिखरमा पु¥याउने उत्कट इच्छालाई कार्यरुपमा उतार्न सदा प्रयत्नशील रहँदै “सवैको रहर, समृद्ध कुश्मा नगर” भन्ने नारालाई साकार तुल्याउन हामी सवैलाई प्रेरणा मिलोस भन्ने अपेक्षा प्रकट गर्दछु ।
साथै यस कुश्मा नगरपालिकाको तेश्रो नगरपरिषद् सार्वजनिकीकरण समारोहमा उपस्थित भई यस समारोहको गरिमा बढाइदिनुहुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यू, अतिथिज्यूहरु, सम्पूर्ण महानुभावहरुप्रति हार्दिक स्वागत एवं सम्मान ब्यक्त गर्दछु ।
धवलागिरी अञ्चलको मुख्य ढोकामा अवस्थित प्राकृतिक सुन्दरताले भरीपूर्ण नेपालकै अग्लो झोलुङ्गे पुल, प्रसिद्ध गुप्तेश्वर गुफा, मोदीखोला र कालीगण्डकीको संगमस्थलमा अवस्थित समग्र जिल्लाको आर्थिक, सामाजिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण केन्द्रको रुपमा रहेको यस कुश्मा नगरपालिकाको तेश्रो नगरपरिषद मार्फत आ.व. २०७३÷७४ को वार्षिक नीति, योजना, बजेट तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ ।