FAQs Complain Problems

News

कुश्मा नगरपालिका को एकीकृत सहरी विकास (IUDP) सम्बन्धी गोष्ठी सम्पन्न ।

कुश्मा नगरपालिकाले एकीकृत सहरी बिकास योजना ( Integrated Urban Development Planning) मोडेल अबलम्बन गर्ने भएको छ । कुश्मामा आज आयोजित "एकीकृत सहरी बिकास योजना" बिषयमा परामर्शदाता हरु संगको गोष्ठीमा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अब कुश्मा नगरपालिका एकीकृत सहरी बिकास योजनाको अबधारणा बाट अगाडी बढ्ने जनाकारी दिनुभयो ।

सहरी विकास तथा भवन निर्माण बिभागले  तयार गरेको यो अबधारणामा अब कुश्मा  नगरले आफ्नो बिकास र पूर्वाधार निर्माण अगाडी बढाउने भएको छ । एकीकृत सहरी बिकास योजनाका लागी सहरी विकास तथा भवन निर्माण बिभागले  परामर्शदाता छनोट गरेर नगरको सम्पूर्ण जानकारी अध्यावधिक गर्ने कार्य प्रारम्भ गरेकाे छ । जानकारी संकलन एबम अध्यावधिक गर्नका लागी प्रमुख जोशीको संयोजकत्वमा १३ सदस्सीय समिति समेत निर्माण गरिएको छ ।

परामर्शदाता र सो समितिको संलग्नतामा १४ वटै वडाहरु लाइ बिभिन्न क्लस्टरमा विभाजन गरि त्यहाँका सम्भावना र क्षमताका आधारहरु संकलन गरिने छ, जसको आधारमा नगर बिकासको गुरुयोजना तय हुनेछ ।

कुश्मा नगरको दीर्घकालीन विकास, यहाँका नागरिकको आवश्यकता एवम नगरको पूर्वाधार निर्माणको लागि यो अबधारणा अपनाउन लागिएको नगर प्रमुख जोशी ले बताउनुभयो ।

Image: 
एकीकृत सहरी विकास योजना(IUDP) सम्बन्धी गोष्ठीमा सहभागी कुश्मा नगरपालिकाका प्रमुख लगायत सहभागीहरु ।