FAQs Complain Problems

News

विद्यालय क्षेत्र विकास कार्यक्रम(SSDP) Joint Review Meeting कार्यक्रम सम्पन्न ।

कुश्मा नगरपालिका शिक्षा शाखा अन्तर्गत विद्यालय क्षेत्र विकास कार्यक्रम(SSDP) कार्यक्रमको Joint Review Meeting सम्पन्न भएको छ । UNICEF, USAID, World Bank, VSO, MOEST का प्रतिनिधि एवम कुश्मा नगरपालिकाका प्रमुख, उपप्रमुख, नगर शिक्षा प्रमुख लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले विद्यालय क्षेत्र विकास कार्यक्रम(SSDP) का लक्ष हरु पुरा गर्न कुश्मा नगरपालिकाले आवश्यक सम्पूर्ण पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । कार्यक्रममा नगर शिक्षा प्रमुख रुद्र नारायण सापकोटाले नगरको शिक्षा कार्यक्रम, यहाँका बिद्यालयको अवस्था एवम भावी कार्ययोजना बारे जानकारी गराउनुभएको थियो । सोअवसरमा बोल्दै दातृ  निकायका प्रतिनिधिहरुले कुश्मा नगरको शिक्षाको विकासका  लागि आवश्यक सहयोग उपलब्ध गराउने बताएका थिए । 

Image: