FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

कुश्मा नगरपालिकामा तपाईँहरूलाई स्वागत छ ।

गण्डकी प्रदेशको पर्वत जिल्लामा पर्ने कुश्मा नगरपालिका नेपालको प्रसिद्ध नगरहरू मध्य एक हो । यो समुन्द्र सतहबाट झण्डै ९५३ मि. माथी छ ।

कुश्मा नगरपालिका  २०७१ सालमा  घोषणा भएको नगरपालिका हो । यो पर्वतको सदरमुकाममा अवस्थित छ । कुश्मा नगरपालिकालाई पहिलेको पर्वतको आठ वटा गाविसहरु पाङ्ग, खुर्कोट, दुर्लुङ्ग, शिवालय, कटुवा चौपारी, पिपलटारी, पकुवा, चुवालाई समावेश  गरि मिति २०७१ साल बैशाख २५ गते गठन भएको थियो भने पछि ठुलीपोखरी,खौलालाकुरी र आर्थरडाँडाखर्क गाविस समावेश गरि मिति २०७३ साल फागुन ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार १४ वडा भएको कुश्मा नगरपालिका गठन भएको हो ।

कुश्मा नगर पोखराको सदरमुकामबाट ५७ कि.मी. टाढा छ । यो नगर पश्चिममा बाग्लुङ जिल्ला र  पूर्वमा मोदी गाउँपालिकाको सिमाना संग जोडिएको छ  ।

image-basic: 

Our Location